पहिले बिधिको लागि अब विकासको लागि– विश्वप्रकाश

आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा ५ दलीय गठबन्धनबाट कास्की २ (१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पहिले गणतन्त्र लोकतन्त्रका लागि जनता सामु आएको र अहिले विकास तथा सम्बृद्धिको लागि जनतासामु आएको बताउनुभएकाे छ।

पोखरा महानगरपालिका १७ मा सञ्चालित चुनावी अभियानमा लामिछानेले अब निर्वाचनमा विजयी भएर आर्थिक विकास र रोजगारीको क्षेत्रमा नेतृत्वदायी भुमिका खेल्ने बताउनुभयाे ।

राज्यको पुनर्संरचना अन्तरगत पोखरा उपमहानरलाई महानगर बनाएको उल्लेख गर्दै लामिछानेले महानगर भएर पनि महानगरबासीको अनुभुति गर्न नपाएको बताउनुभयाे । ‘अब हामीले महानगर कस्तो हुन्छ भनेर देखाउँछौं ।’ लामिछानेले भन्ननुभयाे ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बरालले गरिब, महिला सुकुम्बासी र भुमीहिनको समस्या समाधान गर्ने बताउनुभयाे । संबिधान अनुकुल नियम बनाउँदै, संविधानप्रति उत्तरदायी हुदै काम गर्ने प्रतिवद्धता पनि बरालले व्यक्त गर्नुभयाे । ‘जनताप्रति उत्तरदायी हुनेछु । कृषि क्षेत्रलाई अघि बढाउने छु, स्थानीय उत्पादनलाई प्याकेज गरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार लैजाने वातावरणको सिर्जना गर्छ ।’ उहाँले भन्नुभयाे । उहाँले पर्यटनको बिकास अघि बनाउन चासो दिन्छु र भुमिका खेल्ने बाचा पनि गर्नुभयाे ।

कार्यक्रममा नेपाली काँग्रेसकी समानुपातिक उम्मेदवार बृन्दादेवी रानाले संविधानको रक्षा, स्थायी सरकार सञ्चालन र मुलुकको आर्थिक अबस्थामा सुधार ल्याउनका लागि गठबन्धन आवश्यक परेको छ बताउनुभयाे । उहँाले प्रदेश सभा सदस्यका उम्मेदवार विश्व प्रकाशले फेवाताललाई जीवन्त रहने काम गर्नु भएकोले विकास मात्रै नभई संरक्षणका लागि पनि लामिछानेले जित्नुपर्ने बताउनुभयाे ।

नेकपा (एकीकृत समाजवादी) का कास्की जिल्ला उपाध्यक्ष झपेन्द्रराज रेग्मीले गठबन्धनका उम्मेदवारले मतदातासँग गरेको प्रतिवद्धता पुरा गर्ने भएकाले गठबन्धनको पक्षमा मत दिन आग्रह गर्नुभयाे । अहिले गठबन्धन बिना सरकार चल्न नसक्ने अवस्था आएको बताउँदै उहाँले विपक्षी गठबन्धनले जितेमा देशमा फेरी अस्थिरता निम्तिने बताउनुभयाे ।

Facebook Comments