कास्की २ एमालेकी विद्या भट्टराई निर्वाचित
कास्की क्षेत्र नं. २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित हुनुभएकाे छ । उहाँले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गर्दै दोस्रो पटक साे क्षेत्रबाट निर्वाचित हुनुभएकाे हाे ।
भट्टराईले १६ हजार ९९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कँडेलले १२ हजार ४९५ मत ल्याउनुभयाे ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६५९ मतसहित तेस्रो स्थानमा रहनुभयाे ।
Facebook Comments

