प्रदेश १ को नाम कोशी, प्रदेशमा सार्वजनिक विदा

प्रदेश १ को नाम कोशी राखिएको छ । फागुन १७ गते बसेकाे प्रदेशसभा बैठकले प्रदेश १ को नाम कोशी राख्ने प्रस्ताव पारित गरेकाे थियाे ।

प्रदेशकाे नामाकरण भएकाे उपलक्षमा आज बिहीबार काेशी प्रदेशभर सार्वजनिक विदा दिइएको छ ।

मन्त्रिपरिषदको बैठकले फागुन १८ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

प्रदेश १ काे नामाकरण भएसँगै नेपालका सातवटै प्रदेशले नाम पाएका छन् । ६ वटा प्रदेशले भने अघिल्लाे संसदकाे पहिलाे कार्यकालमा नै प्रदेशकाे नामाकरण गरेका थिए ।

Facebook Comments