संसद बैठकः प्रधानमन्त्रीले विश्वासकाे मत लिने कार्यसूची

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएकाे छ । संसद बैठक दिउँसो १ बजे बस्दैछ।

प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी लगायतका १० दलले विश्वासकाे मत दिने भएका छन् ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी लगायतले प्रधानमन्त्री विश्वासकाे मत नदिनेमा छन् ।

एमालेले प्रमुख प्रतिपक्षमा बस्ने संघीय संसद सचिवालयलाई जानकारी गराइसकेकाे छ ।

गत पुस १० गते एमाले, माओवादीसहित ७ दल मिलेर प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका थिए। पुस २६ मा विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत दिएको थियो।

तर फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने बेला माओवादीले राष्ट्रपति उम्मेदवारमा कांग्रेसलाई सहयोग गरेको थियो।

Facebook Comments