प्रधानमन्त्रीकाे भारत भ्रमणमा विद्युत व्यापार र हवाइ रूट मुख्य एजेण्डा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणका क्रममा नेयालले विद्युत व्यापार, प्रसारण लाइन, हवाई रुट र कनेक्टिभिटी लगायतका एजेण्ड प्रमुखताका साथ उठाउने भएकाे छ । प्रधानमन्त्री बनेकाे ५ महिनापछि प्रचण्ड पहिलाे विदेश भ्रमणमा निस्कन लाग्नुभएकाे हाे ।
भारती प्रधानमन्त्री नरेन्द्रदास माेदीकाे मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्रीकाे भ्रमण हुन लागेकाे हाे । बुधबारदेखि हुने चारदिने भारत भ्रमणका दाैरान दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कनेक्टिभिटी र कृषिमा सहयोगलगायत विषयमा सम्झौता गर्ने नेपालकाे तयारी छ ।
नेपालमा उत्पादित विद्युत् बिक्रीको सुनिश्चितता, नेपाललाई बिन्दु महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र विराटनगरबाट बाट हवाई रुट प्रदान गर्नका लागि नेपालकाे प्रस्ताव छ ।
Facebook Comments

