शनिबार काठमाडाैंमा ८ घण्टा विद्युत आपूर्ति बन्द हुने
अघाेषित रूपमा पटक पटक आपूर्ति बन्द हुने गरेकाे विद्युत आपूर्ति शनिबार भने ८ घण्टाका लागि बन्द हुने भएकाे छ ।
नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनबाट आपूर्ति हुँदै आएको बिजुली भाेली साउन ६ गते शनिबार ८ घण्टासम्म बन्द हुने सूचना जारी गरेकाे हाे ।
प्राधिकरणका अनुसार साउन ६ गते बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।
सूचनामा जनाइएअनुसार बागमती फिडर, पुल्चोक फिडर, कीर्तिपुर फिडर, त्रिपुरेश्वर फिडर, भैंसीपाटी फिडर अन्तर्गतका क्षाेत्रमा बिजुली आपूर्ति बन्द हुने छ ।


Facebook Comments

