काेशीमा मुख्यमन्त्री उद्धव थापालाई, सभाध्यक्षकाे मत भने विवादमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउनुभएकाे छ । यद्यपि प्रदेशसभा सञ्चालन गर्ने दायित्वमा रहेका सभाध्यक्ष समेतले मतदान गरि मुख्य मन्त्री थापाले विश्वासकाे मत हाँसिल गर्नुभएकाे हाे ।

सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिंदा अध्यक्ष मण्डलका ज्येष्ठ सदस्यका हैसियतले मन्सुरीले प्रदेश सभा चलाउनसका साथै मतदानमा समेत सरिक हुनुभएकाे थियाे । उहाँ मतदानमा सहभागी भएपछि साेकाे प्रतिपक्षी दल नेकपा एमालेले विराेध गरेकाे छ ।

साेमबारकाे प्रदेशसभा बैठकमा सहभागी ७७ जनामध्ये मुख्यमन्त्री थापाका पक्षमा ४७ जनाले मत दिए भने विपक्षमा ३० जना सांसदले मत दिएका थिए । सभाध्यक्षकाे भूमिकामा रहनुभएका मन्सुरीले मतदान गरेकाे बिषयमा एमालेले अदालत जाने बताएकाे छ ।

यसअघि तत्कालीन सभामुख बाबुराम गौतमसमेतको समर्थनको हस्ताक्षर गरेर थापा पहिलो पटक असार २१ मा मुख्यमन्त्री नियुक्त हुनुभएका थापाकाे विराेधमा एमाले सर्वोच्च गएपछि अदालतले थापाको नियुक्ति बदर भएकाे थियाे ।

Facebook Comments