कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहार
सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा खुकुरी प्रहार भएको छ।
रिपोर्टर्स क्लबको कार्यक्रमका वक्ताकाे रूपमा करिब १७ मिनेट बोलेर कार्यक्रम सकिएपछि निस्कन लाग्दा यादवमाथि खुकुरी प्रहार भएकाे हाे । यादवकाे ट्रमा सेन्टरमा उपचार भइरहकेाे छ ।
यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोट घर भई बालाजु बस्ने श्यामबाबु सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
यादवलाई खुकुरी प्रहार गरेपछि सापकोटाले ‘एमसिसी खारेज गर, राष्ट्रियता जिन्दावाद, हिन्दु राष्ट्र कायम गर’ जस्ता नारा लगाएकाे प्रहरीले जनाएकाे छ ।
Facebook Comments

