२० औं पोखरा सडक महोत्सवको तयारी पुरा

अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना हुने पोखरा सडक महोसत्वको तयारी पुरा भएको छ । २० औं संस्करणको सडक महोत्सवको तयारी पुरा भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकाकारी दिइएको हो ।

पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवाताल किनारास्थित लेकसाईडको तीन कि.मि.को सडकमा रेस्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल( रेवान) पोखराले सडक महोत्सव गर्न लागेको हो ।

पुस १३ देखि १७ गतेसम्म अंग्रेजी नयाँ बर्षको (डिसेम्वर २८ देखि जनवरी १ गतेसम्म ) सडक महोत्सवको तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिका संयोजक बुधराज भुजेल(भीमसेन)ले जानकारी दिनुभयो । उहाँले सडक महोत्सवको पोखराको एउटा विशेष कार्यक्रमका रुपमा स्थापित भैसकेको बताउँनुभयो ।

लेकसाईडको तीन किलोमिटर क्षेत्रलाई समेटेर सडकमै खाउ, सडकमै रमाउँ भन्ने नाराका साथ यस वर्षको महोत्सव गर्न लागिएको हो ।

Facebook Comments