रसुवा भाेटेकाेशी बाढी अपडेटः १ हजार ४०३ काे मृत्यु, ६ हजार १५० बेपत्ता
रसुवा भाेटेकाेशी बाढीकाे उद्धार र राहत कार्य जारी रहेकाे छ । गत भदाै १० गतेकाे बाढीमा परी १ हजार ४०३ जनाकाे शव भेटिएकाे राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ ।

प्राधिकरणले बुधबार साँझ जारी गरेकाे खाेज, उद्धार तथा राहतकाे अद्यावधिक विवरणमा हालसम्म ६ हजार १५० जनाकाे अज्ञात रहेकाे उल्लेख छ । त्यस्तै १३ हजार ७४२ जनाकाे उद्धार गरिएकाे पनि प्राधिकरणले उल्लेख गरेकाे छ ।
हालसम्म ९ हजार ७ सय बढीकाे उपचार भएकाे, ३४४ जना अस्पचाल भर्ना भएकाेमा २ सय ८९ जना डिस्चार्ज भएकाे जनाइएकाे छ ।

पहिचान हुन नसकेका मध्ये १ हजार २८६ शवकाे डिएनए परीक्षणका लागि नमुना संकलन गरिएकाे छ । त्यस्तै १ हजार ८८९ जनाले शव पहिचानका लागि डिएनए परीक्षणका लागि नमुना संकलन गराएका छन् ।
बुधबार मात्रै चिलिमे जलविद्युत आयाेजनाकाे सुरूङबाट ५ जनाकाे शव निकालिएकाे थियाे ।


