राष्ट्रसंघकाे महासभामा भाग लिन परराष्ट्रमन्त्री खनाल नेतृत्वकाे टाेली अमेरिका जाँदै

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको नेपाली टोली आइतबार (आज) संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दैछ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ ।

साथै, परराष्ट्रमन्त्री खनालले विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते अमेरिका प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री शाहले न्यूयाेर्क रहँदा संयुक्त राष्ट्रसंघका महासचिवसँग भेटवार्ता गर्नुहुनेछ भने महासभामा असोज ८ गते सम्बोधन गर्नुहुने कार्यतालिका छ ।

नेपालले यसपटक राष्ट्रसंघकाे महासभामा रसुवा भाेटेकाेशी बाढी जानुमा जलवायू परिवर्तनकाे प्रमुख कारक रहेकाे र त्यसमा विकसित राष्ट्रहरू जिम्मेवारी रहने दावी सहित क्षतिपुर्ति एवं न्याय पाउनुपर्ने एजेण्डा उठाउने तयारी गरेकाे छ ।

Facebook Comments