५ जिल्लामा बाढी पहिराेले गर्दा राजमार्ग अवरूद्ध

अविरल वर्षा, बाढी पहिराे एवं संभावित जाेखिमका कारण विभिन्न ५ जिल्लाका मुख्य राजमार्गका विभिन्न खण्डहरू अवरूद्ध छ ।

नेपाल प्रहरीका अनुसार काभ्रे, रसुवा, नुवाकाेट र संखुवासभामा वर्षा एवं बाढी पहिराेका कारण राजमार्गका केही खण्डहरू पूर्ण रूपमा अवरूद्ध छन् । धादिङमा पृथ्वी राजमार्गकाे बेनीघाटकाे शित्तल बजार र ज्वाङखाेलमा एकतर्फी रूपमा सवारी आवागमन भइरहेकाे छ ।

काभ्रेमा वि.वि.राजमार्गकाे खुर्काेट नेपालथाेक कटुञ्जेबेँसी चल्ने सवारी साधन तथा नुवाकाेटकाे टाेखा छहरे सडक खण्डमा रातकाे समयमा सवारी सञ्चालनमा राेक लगाइएकाे छ ।

रसुवा नुवाकाेटमा पर्ने पासाङ ल्हामु सडक खण्ड गत भदाै १० गतेकाे बाढीपछि पूर्ण रूपमा अवरूद्ध छ । संखुवासभाकाे मकालु गाउँपालिका ४, नेताभिरमा पहिराे जाँदा काेशी राजमार्गकाे साे खण्ड पनि पूर्ण रूपमा अवरूद्ध रहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments