माैसमः देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज बिहीबार हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

Facebook Comments