नेपाल प्रहरीको महानिरीक्षकमा मनोजकुमार केसी नियुक्त

दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारकाे जिम्मेवारी

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै उहाँको स्थानमा अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीलाई पदोन्नति गरेको छ।

कार्कीको कार्यकाल अझै १७ महिना बाँकी रहे पनि सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी सरुवा गर्ने निर्णय गरेको हो।

सरकारको यस निर्णयप्रति सत्ता पक्ष र प्रतिपक्ष दुवैबाट असन्तुष्टि व्यक्त भएको छ ।

Facebook Comments