ईन्द्रेणी सहकारीद्वारा छोरेपाटन स्कुलमा अक्षयकोष स्थापना

पोखरा महानगरपालिका वडा नं. १७ डेभिज फलमा रहेको इन्द्रेणी वचत तथा ऋण सहकारी संस्था लि.ले छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयमा ५० हजारको अक्षयकोष स्थापना गरेको छ ।

संस्थाका सागर अधिकारीले विद्यालयका अध्यक्ष झपिन्द्रराज रेग्मी तथा प्रधानाध्यापक लक्ष्मण थापालाई मंगलबार विद्यालयको ४० औं वार्षिकोत्सवको अवसरमा प्रदान गरेका छन् ।

इन्द्रेणी वचत तथा ऋण तथा सहकारी संस्था संरक्षक रहेको उक्त अक्षयकोषको वार्षिक व्याजबाट इन्द्रेणी सहकारी पुरस्कार हरेक वर्ष न्युन आय भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने विद्यालयले जनाएको छ ।

Facebook Comments