बिबिए क्याम्पशहरुवीचको फुटवलमा शंकरदेव, एमएमसी धरान र भक्तपुर मल्टीपल विजयी
जनप्रिय बहुमुखी क्याम्पसको आयोजनामा भएको बिबिए क्याम्पसहरू बिचको फुलबल प्रतियोगिता टि यु बि बि ए कप लेखनाथ स्थिति आदर्श चोक भण्ढारिकको खेल मैदानमा आज दास्रो दिन पनि जारी छ ।
दोस्रो दिनको पहिलो खेल अन्तर्गत शंकर देब क्याम्पस र पव्लीक युथ क्याम्पस बीच खेल भएको थियो । उक्त खेलमा शंकरदेब क्याम्पसले पव्लीक युथ क्याम्पसलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
आज भएको दोस्रो खेलमा एम एम सि धरानले काठमान्डौको के सि एम आई टि लाई ४–० ले गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेल भक्तपुर मल्टीपल क्याम्पस र क्यासर्पड कलेज बिच भएको थियो । उक्त खेल भक्तपुर मल्टीपल क्याम्पसले २–० गोल अन्तरले आफनो पोल्टामा पारेको थियो ।
त्रिभुवन विश्वविद्यालयका बिबिए कलेजहरूको सहभागिता रहने उक्त प्रतियोगितामा काठमाडौं, बिराटनगर, धरान, पोखरा तथा देशका अन्य स्थानमा रहेका करिब २० वटा बिबिए क्याम्पसहरूको सहभागीता रहेको छ । प्रतियोगिताका सबै खेलहरू पोखरा लेखनाथ स्थिति आदर्श चोक भण्ढारढिकको खेल मैदानमा हुनेछ ।

