बगाले कोन्मे दिदी बहिनी परिवार दुर्लुङको वार्षिकोत्सव सम्पन्न

पर्वत जिल्लाको दुर्लुङमा जन्मेर विभिन्न ठाउमा छरिएर रहेका दिदी बहिनीहरुको संस्था बगाले कोन्मे दिदी बहिनी परिवार दुर्लुङको पांचौ बार्षिकोत्सव तथा ल्होसारको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संस्थामा आवद्ध भइ विभिन्न सामाजिक काममा सक्रिय दिदी बिहिनी परिवारको पांचौ बार्षिकोत्सवलाई सम्बोधन गर्दै परिवारका ज्येष्ठ सदस्य एवं संरक्षक क्याप्टेन टेक बहादुर तमुले कोन्मे दिदी बहिनीहरु संगठित भएर सामाजिक काममा लागेर दुर्लुङ गाउलाई चिनाउने काम गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो । आगामी दिनमा पनि आफ्नो गाँउ समाजलाई चिनाउने काममा लाग्न समेत तमुको आग्रह रहेको थियो ।

त्यस्तै बगाले कोन्मे भाइखलक परिवारका अध्यक्ष निल बहादुर तमुले दिदी बहिनी परिवारको यस्ता कार्यक्रमले दाजुभाइ र दिदी बहिनी बीच भाइचारालाई प्रगाढ बनाइ आफ्नो परिवारका नया सदस्यबीचहरु बीच चिनजान हुने मौका प्रदान गर्ने वताउनुभयो । सो अवसरमा शिक्षाविद हितमान गुरुङले तमु जातिको ल्होसार पर्वको वारेमा जानकारी दिदै तमु जातिहरु अन्य काममा भन्दापनि शिक्षामा अब्बल हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बगाले कोन्मे दिदी बहिनी परिवारमा आवद्ध सदस्यका छोराछोरीहरु उच्च शिक्षा हासिल गर्न सफल सृष्टी तमु, आशिक तमु, बबिता तमु र आदिम ध्वज श्रेष्ठलाई सम्मान पत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियोभने परिवारलाई सहयोग गर्ने दान बहादुर तमुलाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी परिवारमा आवद्ध जेष्ठ नागरिकहरु क्याप्टेन टेक बहादुर तमु, कम्स्यो देवी तमु, देवी तमु, साङ हिराचन र मैता कुमारी तमुलाई सम्मान गरिएको थियो भने दिदी बहिनी परिवार द्धारा दाजुभाईलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

Facebook Comments