रेडक्रस पोखरा १७ उपशाखामा रेग्मी सर्वसम्मत चयन
नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा महानगरपालिका वडा नं. १७ उपशाखाको सभापतिमा झपिन्द्रराज रेग्मी सर्वसम्मत चयन हुनुभएको छ । उपशाखाको शनिबार सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले रेग्मीको नेतृत्वमा उपशाखाको दश सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपसभापतिमा हरिप्रसाद श्रेष्ठ, सचिव हरिप्रसाद लम्साल, उपसचिव दुर्गाबहादुर बराल, कोषाध्यक्ष बिजयकुमार शाही र उपकोषाध्यक्ष लक्ष्मी अधिकारी सर्वसम्मत रुपमा चयन हुनुभएको छ । त्यसैगरी, सदस्यहरुमा शिवराम भण्डारी, रबिन्द्रकुमार श्रेष्ठ, नारायणप्रसाद अधिकारी, दिपेन्द्र बराल छन् । एक सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था छ ।
निवर्तमान सभापति, वडाका जनप्रतिनिधि एक जना र जिल्ला कार्यसमितिका एकजना सदस्य पदेन सदस्य रहने व्यवस्था छ । उक्तअवसरमा उपशाखाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसिले भवनको साथै उपशाखाको १४ औं बार्षिक साधारणसभा तथा ७ औं अधिबेशनको पनि गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जिसीले मानवीय सेवाका कार्य गर्ने संस्थाको आफ्नै भवन हुँदा राम्रो हुने बताउनुभयो । उपशाखाले २०६६ सालमा ६ आना दुई पैसा दुई दामको क्षेत्रफल भएको जग्गा केन्द्रीय कार्यलयबाट भवन निर्माणको लागि स्वीकृती पाएको र २०६७ सालमा शिलान्यास भएको अध्यक्ष तिर्थराज अधिकारीले जानकारी दिनुभयो ।
उपशाखामा हालसम्म एशस्कर सदस्य ३९ जना, विशिष्ट सदस्य १०४ जना, आजीवन सदस्य २३९ साधारण सदस्य १७ जना रहेका छन् । कार्यक्रममा उक्त शाखाद्धारा रजत जयन्तीको अवसरमा प्रकाशित ‘रजत जयन्ती’ स्मारिकाको विमोचनसमेत गरिएको थियो । कार्यक्रममा निवर्तमान सचिव हरिप्रसाद श्रेष्ठले सचिवको प्रतिवेदन र कोषाध्यक्ष उर्मिला खड्का भण्डारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उद्घाटन पूर्व युवा तथा विभिन्न संघसंस्थाहरुले छोरेपाटनदेखि विरौटा चोकसम्म प्रभातफेरी निकालिएको थियो । उपशाखाका निवर्तमान सभापति तिर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति झपिन्द्रराज रेग्मीले स्वागत, विशिष्ट सदस्य लक्ष्मी अधिकारीले सात सिद्धान्त वाचन र सचिव हरिप्रसाद श्रेष्ठले संचालन गरेका थिए

