युवाहरुले दुःख पाएको सरकारले टुलुटुलु हेरेर बस्दैन : मन्त्री विष्ट
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कुनैपनि युवाले दुःखपाएको सरकारले टुलुटुलु हेरर नबस्ने बताउनु भएको छ । प्र्रेस संगठन नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री विष्टले मन्त्री विष्टले श्रम बजार र श्रम शक्तिलाई प्रणालीमार्फत जोड्न लागेको बताउँदै छिटै ७सय ५३ स्थानीय तहमा रोजगार सेवाकेन्द्र स्थापाना गरिने बताउनु भयो ।मन्त्री विष्टले देश अहिलेपनि संक्रमण कालमै रहेको बताउनु भयो ।
विकास र समृद्धिको आधार तयार गर्न प्रणाली स्थापना गर्नुपर्ने र देश त्यसैको संक्रमणकालमा रहेको उहाँको भनाई थियो । उहाँले वर्तमान सरकार देशमा प्रणाली स्थापना गर्नका लागि कम्मर कसेर लागेको भन्दै वर्तमान सरकारले स्थिर, सुशासन, पारदर्शिता र प्रणाली स्थापना गर्दै अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।
मन्त्री विष्टले एक वर्षमा केहि लाख नागरिकलाई रोजगारी दिलाईने दाबी गर्नुभयो ।े एक हप्ता भित्रमा रोजगार अधिकृत नियुक्त गरिसक्ने भन्दै त्यसपछि बेरोजगारहरुको विवरण संकलन शुरु हुने उहाँको भनाई छ ।
सामाजिक सुृरक्षाको बारेमा पत्रकारले सोधेको जिज्ञासामा मन्त्री विष्टले सामाजिक सुरक्षा सवै ठाउँमा लागु हुने बताउनु भयो । कसैले सामाजिक सुरक्षा लागु नगरे कानुनी कार्बाही हुने बताउनु भयो ।प्रेस संगठन कास्कीका नेता माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा सन्देश श्रेष्ठले स्वागत र घनश्याम पाण्डेले सञ्चालन गर्नुभएको थियो ।

