फेसबुकले फेक न्यूज परीक्षण गर्ने
पछिल्लो समय फेक न्यूज तथा अफवाह चिन्ताको विषय बनेको छ । कतिपय त फेक न्यूज सेयर गरेकै कारण पक्राउ पर्ने अवस्था समेत बनेको छ । यस्तैमा खुशीका खबर छ कि फेसबुकले बेलायतको स्वतन्त्र च्यारिटी संस्था फुल फ्याक्टसँगको सहकार्यमा फेक न्यूज परीक्षण गर्ने भएको छ ।
अब फेसबुकले आफ्नो सोसल नेटवर्कमा आउने फेक न्यूज तथा पोष्टहरुविरुद्ध सत्यता परीक्षण अर्थात् फ्याक्ट चेकिङ्ग गर्नेछ । फेसबुकले यस्तो सहकार्यमार्फत् सोसल नेटवर्कमा आउने सामग्रीको सत्यताको तथ्य जाँच र समीक्षा गर्ने उल्लेख गरिएको छ ।
तथ्य जाँचकीको टोलीले फेसबुकमा भाइरल हुने तस्वीर, भिडियो तथा तथ्यहरुको जाँच गर्नेछ र त्यस्ता सामाग्रीहरु झूट तथा अफवाह भए नभएको पत्ता लगाउने र झुटो पाइएमा प्रयोगकर्तालाई जानकारी दिने बताइएको छ । यद्यपि, फेसबुकले प्रयोगकर्तालाई त्यस्ता सामग्री पढ्ने तथा शेयर गर्नबाट रोक्ने प्रणाली भने नबनाउने बताइएको छ ।
यद्यपि, फेसबुकको न्यूजफिड एल्गोरिदमले पनि फेक सामग्रीहरुलाई धेरै प्रयोगकर्तासम्म पुग्नबाट रोक्ने गर्दछ । फ्याक्ट चेकिंग लामो काम हो र यसका लागि जाँचकीहरुको टोलीले आफ्नो स्तरबाट काम सुरु गरिसकेको बताइएको छ । एजेन्सी

