वाइडबडी विमान खरिदमा संलग्नता छैनः काँग्रेस सभापति देउवा
नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको छ । धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आहृवान भएको र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको बताउनुभयो ।
सभापति देउवाले आफूले मन्त्रीस्तरीय निर्णय पनि नगरेको दाबी गर्नुभयो । जानकारीविना केही भएको भए आफूलाई थाहा नभएको पनि उहाँले बताउनुभएको छ ।
नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय प्रधानमन्त्री देउवासँगै भएको बेला विमान खरिदका लागि रकम भुक्तानी भएको हालै सार्वजनिक भएको थियो । फरक प्रसंगमा सरकारले निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नसकेको बताउनुभयो ।
Facebook Comments

