पोखरा महोत्सवमा सांसद ओली, शिक्षाको कमीले महिला माथि हिंसा

नवौ पोखरा महोत्सव पोखराको अमरसिंह जारी रहेको छ । महोत्सवमा गायिका तथा राष्ट्रिय सभाका सदस्य कोमल वलीले महिला दिदीबहिनी आफ्नै कारणले गर्दा पनि हिंसाको शिकार बन्नुपरेको बताउनुभएको छ ।

आफ्नो प्रस्तुती संगै वलीले महिला हिंसाका घटना घट्नुमा शिक्षाको कमी रहेको उल्लेख गर्नुभयो । महिला शिक्षा, आर्थिक र सामाजिक रुपमा सक्षम हुन सकेमा कसैले हेप्न नसक्ने उहाँको भनाई छ । साथै विवाह गर्ने भन्दा पनि अध्ययन गरेर सक्षम बन्नेतर्फ लाग्न ओलीको सुझाव रहेको थियो ।

वली संगै मंगलबार महोत्सवमा प्रजापति पराजुली, कुमार पुन, जीवन दाहाल, जय कुमार परियार, शिव हरी ढुंगाना, निशा पोख्रेल र मीना श्रीष मगर लगायतको दोहोरी प्रस्तुती रहेको थियो भने हास्य कलाकार राजा राजारामले हास्य प्रहसन मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए ।

त्यसैगरी संस्कृती तर्फ तरेली सांस्कृतीक परिवार र मिmं शिर्जनशील नेवा समाज दुलेगौडा तनहुको नेवारी संस्कृती झल्काउने धीमे र ट्याकटुके नाच प्रत्यक्ष प्रदर्शन गरिएको थियो । मंगलवार सांझ द एक्स ब्याण्ड र लोकल ब्याण्ड प्रोभर्सको प्रस्तुती रहेको महोत्सव सांस्कृतीक संयोजक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा बुधवार लोकदोहोरी तर्फ राधिका हमाल, जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, सीता केसी, नर बहादुर राना, सजना बास्तोला, प्रेमराज अधिकारी, रनु गुरुङको प्रस्तुती रहने छ भने हास्य ब्यंग्य तर्फ मेरी बास्सैका सापटी र घेरौलेको प्रस्तुती रहनेछ भने संस्कृतीक प्रस्तुती तर्फ तरेली सांस्कृतीक परिवारको नृत्य र पोँचोको तमु समाज पोखरा १४ को गुरुङ संस्कृतीमा आधारित घाटु नृत्यको प्रत्यक्ष नृत्य रहने छ । बुधबार सांझ लाइभ कन्सर्ट तर्फ मेलिना राइ र स्कार्ड जनीको प्रस्तुती रहने छ ।

महोत्सवको पांचौ दिन सम्म आइपपुग्दा महोत्सवमा दर्शकको भीड लागेको छ भने महोत्सवमा राखिएका स्टलहरुमा ब्यापार समेत वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार मंगलबार दिउसो र सांझमा दर्शकको उल्लेख्य भीड रहेको थियो ।

महोत्सव स्थलमा रहेको होम स्टेको प्रवद्र्धन गर्न राखिएको स्टलले दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको छ भने महोत्सवमा राखिएको चिडियाखानाको स्याण्ड मोडल र सर्पको बारेमा जानकारी दिन राखिएको स्टलमा समेत दर्शकको घुइचो लागेको महोत्सव अर्थ तथा स्टल ब्यवस्थापन संयोजक गणेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

Facebook Comments