सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको व्यवस्था हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले सरकारले सामुदायिक विद्यालयमा नै गुणस्तरीय शिक्षाको व्यवस्था गरिने बताउनुभएको छ । साथै उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा व्यापक परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ ।

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि अबदेखि नीजि क्षेत्र नै धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने दावी गर्नुभयो । ‘शिक्षाको क्षेत्रमा नीजि क्षेत्रलाई भाग्ने बनाउँछौ । सरकारी शिक्षाको स्तरवृद्धि व्यापक बनाउछौं ।

शैक्षिकस्तर माथि उठाउने सरकारको लक्ष्य छ’ प्रधानमन्त्री ओलीको भनाई थियो । नीजि शैक्षिक संस्था बराबर सामुदायिक विद्यालयको शैक्षिकस्तर हुने भएमा कसैले पनि निजी विद्यालयमा भर्ना नगर्ने प्रधानमन्त्रीले जिकरिु गर्नुभयो । सम्बृद्ध नेपाल सुखी नेपाली अध्यारोमा फालिएको ढुङ्गा होइन भन्दै प्रधानमन्त्री ओलीले देश विकास गर्ने दायित्व रहेको उल्लेख गर्नुभयो ।

Facebook Comments