राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाईंदै

राष्ट्रिय भुकम्प सुरक्षा दिवस आज विभिन्न कार्यक्रम गरि मनाईंदैछ । ‘विपदबाट सुरक्षित हुने नागरिक अधिकार ः पुरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने नारका साथ जिल्ला जिल्लामा यो दिवस र्याली, भुकम्प सुरक्षा सम्बन्धि प्रदर्शनी, अन्तक्र्रिया, छलफल लगायतका कार्यक्रम गरी मनाउन लागिएको हो ।

विसं १९९० साल माघ २ गते नेपालमा गएको महा भुकम्पले पुर्याएको क्षति र दिबंगत हुनेहरुकोे सम्झनामा २०५५ सालदेखि सरकारले भुकम्प सुरक्षा दिवस मनाउदै आएको छ । विगत ७ सय बर्षको इतिहासमा नेपालमा विसं १९९० सालमा गएको भुकम्प नै ठुलो हो । २०७२ साल बैशाख १२ र २९ मा गएकोे भुकम्पमा परि करिब ९ हजार बढिले ज्यान गुमाएका थिए भने ५ लाख भन्दाबढि भौतिक संरचना नष्ट भएका थिए ।

कास्कीमा पोखराको सिर्जनाचोकबाट र्यालीको आयोजना गरिएको छ । पोखरा महानगरपालिकाको व्यवस्थापनमा हुने सोे र्यालीमा जिल्ला विपद् व्यवस्थापन समिति, नगर विपद् व्यवस्थापन समिति तथा वडा विपद् व्यस्थापन सममिति इन्जिनियरिङ कलेज विभिन्न सामाजिक संस्थाको सहभागिता रहने बताइएको छ ।

त्यस्तै सहिद चोकमा भूकम्प सुरक्षा सम्बन्धि प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रसका तर्फबाट सो प्रदर्शनी गर्न लागिएको हो ।

साथै जिल्ला समन्वय समिति कास्कीको सभालहमा भुकम्प सुरक्षा सम्बन्धि प्रस्तुति र अन्तर्क्रियाको आयोजना गरिएको छ । यसका साथै ‘डक कभर होल्ड’ गरी भुकम्पबाट बच्ने तरिका सम्बन्धमा विद्यार्थीहरलाई अभिमुखीकरण समेत गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments