प्रकृतिका अस्वभाविक दख्खल दिएका कारण अप्रत्यासित जोखिम बढ्योः गृहमन्त्री थापा

१९९० माघ २ गतेको भूकम्पमा परी दिवंगतहरूको स्मृतिमा आज बिहान भूगोल पार्कमा स्मृति सभा सम्पन्न गरिएको छ । ‘विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ यस वर्षको नाराका साथ देशैभर र्याली, अन्तरक्रिया लगायतका कार्यक्रम गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले जोखिमबाट बच्न सुरक्षित संरचना निर्माण गर्नुपर्ने बताउनुभयो ।

‘प्रकृति र प्राकृतिक संरचनामा मान्छेले अस्वभाविक दख्खल दिएका कारण अप्रत्यासित जोखिम व्यहोर्नुपरेको गृहमन्त्री थापाको भनाई थियो । उहाँले सुरक्षित भवन, प्राकृतिक श्रोतसाधनको संरक्षण लगायतमा ध्यान दिएमा दुर्घटनाको जोखिम कम हुने बताउनुभयो ।

सभामा काठमाण्डौका महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन संहिताको कार्यान्वयनमा सहयोग गर्न निर्माण पक्षलाई आग्रह गर्नुभयो । ‘अब महानगरसँग स्वीकृति नलिई कुनै पनि प्रकारका (चाहे सरकारी हुन् या निजी) भवन बनाउन नपाइने उहाँको भनाई थियो ।

यसैवीच प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीलेसुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा सरकार रहेको बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

कास्कीमा पोखराको सिर्जनाचोकबाट र्यालीको आयोजना गरियो भने भूकम्प सुरक्षा सम्बन्धि प्रदर्शनी गरिउको थियो । साथै जिल्ला समन्वय समिति कास्कीको सभालहमा भुकम्प सुरक्षा सम्बन्धि प्रस्तुति र अन्तर्क्रिया पनि सम्पन्न भएको छ । यसका साथै ‘डक कभर होल्ड’ गरी भुकम्पबाट बच्ने तरिका सम्बन्धमा विभिन्न १० वटा विद्यालयका विद्यार्थीहरलाई अभिमुखीकरण गरिएको थियो ।

Facebook Comments