कास्कीमा म्याद गुज्रेका फर्महरुले नविकरण गर्न पाउने

घरेलु तथा साना उद्योग कार्यालय, कास्कीले समयमा नविकरण हुन नसकेका प्राइभेट फर्म एकपटकका लागि नविकरणका गर्ने भएको छ । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार कार्यालयले विभिन्न कारणले समयमै नविकरण हुन नसकेका फर्महरुलाई एकपटकका लागि नविकरण गर्ने मौका दिन लागेको हो ।

जस अनुसार अव घरेलु तथा साना उद्योग कार्यालयमा विधिवत दर्ता भएका तर समयमै नविकरण हुन नसकेका फर्महरुले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली २०३४को दशौं संशोधन को नियम १०(१) बमोजिम लाग्ने जरिवाना शुल्क तिरेर नविकरण गर्न सक्नेछन् ।

Facebook Comments