पोखरा महोत्सव दण्डरहित शिक्षा आजको आवश्यक्ता सम्बन्धि बृत्तचित्र प्रदर्शन

पोखरा महोत्सव सातौ दिनसम्म आइपुग्दा दर्शकको चाप अत्याधिक रहेको सभ्य एवं भव्य रुपमा अगाडी वढिरहेको आयोजकले जनाएको छ । महोत्सव सचिवालय संयोजक लोकबहादुर थापाका अनुसार महोत्सवलाई दर्शकको माया अत्याधिक पाएको उल्लेख गर्नुभयो ।

महोत्सवमा दण्डरहित शिक्षा आजको आवश्यक्ता भन्ने मुल नाराको साथ कखरा भन्ने बृत्तचित्र समेत प्रस्तुत भइरहेको छ । महोत्सवमा पशुपती शर्मा, जीवन दाहाल, शिवहरी ढुंगाना, सरिता सारु मगर, अनिता लामिछाने, कृष्ण भण्डारी, प्रदिप त्रिपाठी, लगायतको दोहोरी प्रस्तुती रहेको थियो । त्यस्तै साँझ लाइभ ब्याण्ड तर्फ स्थानिय ड्रिमर्स र द एज्ड ब्याण्डको प्रस्तुतीमा युवाहरुले भरपुर मनोरन्जन लिएका थिए ।

शुक्रबार गण्डकी प्रदेश स्तरिय लोकदोहोरी प्रतियोगितामा क्वार्टर फाइनलमा स्याङजा र नवलपुर बीचको प्रतियोगितामा स्याङजा बिजयी भएको छ भने गोर्खा ए र गोर्खा बी बीचको प्रतिष्पर्धामा गोर्खा बी बिजय भइ सेमी फाइनलमा प्रवेश गरेको छ ।

सर्प सम्बन्धि स्टलमा दर्शकको चासो

यसैवीच पोखरा महोत्सवमा सर्प संरक्षण सम्बन्धी जानकारी लिनेहरुको भीड लागेको छ । स्नेक कन्जर्भेसन शोसाइटी नेपालले महोत्सव भित्र राखेको सर्प संरक्षण सम्बन्धी जानकारी दिने स्टलले दर्शकको ध्यान केन्द्रित गर्न सफल भएको हो ।

हामीले सर्प देख्ने बित्तिकै मार्नुपर्छ वा उसलाई लखेट्नुपर्छ भन्ने धारणा रहेको तर सर्पले वातावरण जोगाउन कस्तो किसिमको भुमिका खेल्छ भन्ने बारेमा जानकारी नभएकाले सर्प बचाऔ वातावरण जोगाऔ भन्ने नाराका साथ सर्पलाई मार्ने नभइ बचाउन आवश्यक छ भन्ने विषयमा जानकारी दिइएको स्नेक कन्जर्भेसन शोसाइटी नेपालका अध्यक्ष महेन्द्र कतिलाको भनाई छ ।

Facebook Comments