कृष्णभीरमा सडक भासिएपछि बन्द पृथ्बी राजमार्ग सञ्चालनमा
कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि बन्द रहेकाे पृथ्बी राजमार्गमा विहीबारदेखि सवारी साधनहरू सञ्चालनमा आएका छन् । उक्त स्थानमा त्रिशुली नदीकाे कटानपछि राजमार्गकाे करिव २०० मिटर क्षेत्र भासिएकाे थियाे ।
लगातार काम गरी साे स्थानमा खाेलिएको नयाँ ट्र्याकमा सवारी साधनहरू गुड्न थालेका हुन् । पुरानो सडकको केही माथिबाट नयाँ ट्र्याक खोलिएको छ ।

जिल्ला प्रशासन कार्यालय, धादिङले विहीबार बिहानैदेखि कृष्णभिरमा दुईतर्फी नै सवारी साधन सञ्चालनमा आएको तर वर्षातकाे समय भएकाले सावधानीका साथ सवारी चलाउन अनुराेध गरेकाे छ ।
Facebook Comments

