राष्ट्रिय सभाको बैठक आज बस्दै
संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने छ ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ ।
त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री बालेन शाहका तर्फबाट न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
त्यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
Facebook Comments

