श्रेयाको परिवारलाई जनमुखीको सहयोग

बलात्कार पछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ । सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा शनिबार १५ हजार रुपैयाँ सहयोग गरेको हो ।

सहकारीको सिंगो कार्यसमितिका तर्फबाट घर पुगेर श्रेयाकी आमा बेलकुमारी सुनारलाई आर्थिक सहयोग गरिएको हो । सहकारीका अध्यक्ष महेन्द्र विश्वकर्माले सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यले श्रेयाको परिवारलार्ई सहयोग गरेको बताउनुभयो ।

जनमुखी बचत तथा ऋण सहकारी संस्थाले हरेक वार्षिकोत्सव सामाजिक कार्य गरेर मनाउने गरेको छ । सहकारीका सचिव कुमार सुनारले यसअघिका वार्षिकोत्सवमा विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति प्रदान, सरसफाइ लगायत कार्य गरेको जानकारी दिनुभयो ।

Facebook Comments