बगर भइखलक एट ए साइड साइड जारी, पहिलो चरणका खेल सम्पन्न
पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलकले आयोजना गर्ने ८ औं संस्करणको “आठौं स्व. रन्जित गुरुङ्ग स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता”का पहिलो चरणका खेलहरु सम्पन्न भएका छन ।
बुधबार सम्पन्न खेलहरुमा किङ कम काठमाडौले सिमरा भेट्रानलाई २–० ले पराजित गरेको छ । यसै गरि काठमाडौको चावहिल भेट्रानको खेलमा अजव श्रेष्ठले ह्याट्रिक गर्दा पश्चिम चितवन ४–२ गोलले स्तव्ध हुनु परेको छ ।
त्यसै गरी एक्स स्पोर्टस भेट्रान पोखराले काठमाडौको जोरपाटी भेट्रानको अगाडिको यात्रा ३–२ गोलले रोकिदिएको छ भने अभिषेक चर्च नवलपुरले टाइ बे्रकरमा सानो गौचरण नाइट किङ काठमाडौलाई टाइ ब्रेकरमा ४–३ गोलले पराजित गरेको छ ।
यसैगरी दिप युनाइटेडले भारतको सिलगुरी टिम मैदानमा नउत्रेपछि वाक ओभर पाएको प्राविधिक संयोजक खगेन्द्र गौचनले जानकारी दिनुभयो ।
प्रतियोगितामा काठमाडौ बाट ८, पोखराका ८, विरगञ्ज विभिन्न जिल्ला बाट ८ भारत बाट २ टिम गरि २६ टिमको सहभागि छन् । “्स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गरि विगत २०६८ साल देखि भेट्रान पूmटवल प्रतियोगिता संचालन हुँदै आएको छ ।

