समर लभ माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने

नेपाली फिल्म समर लभ यतिबेला प्रचारको क्रममा छ । माघ २५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म समर लभको टोलीले पोखरामा पत्रकार सम्मेलन गरी फिल्म उत्कृष्ट रहेको दावी गरेको छ ।

आख्यानकार सुबिन भट्टराईको चर्चित उपन्यास समर लभकै कथामा बनेको यो फिल्मलाई आफूले सकेसम्म न्याय दिने प्रयास गरेको यसका निर्देशक मुस्कान ढकालको भनाई छ । यसअघि नाई नभन्नु ल को सिरिज अन्तरगत एउटा फिल्म निर्देशन गर्नुभएको थियो ।

‘मलाई थाहा छ नेपालमा आख्यानमाथि बनेको फिल्म राम्रो चलेका छैनन् । अझै भनौँ पुस्तकलाई न्याय गर्ने गरि पनि बनेका छैनन् ।’ पत्रकार सम्मेलनमा निर्देशक ढकालले भन्नुभयो–‘तर यो फिल्मलाई त्यस्तो आरोप नलागोस् भनेर म सचेत छु ।’ उपन्यासको कुनै पात्र अथवा परिवेशलाई फिल्ममा तोडमोड नगरिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

फिल्म करिब साढे २ करोड रुपैयाँ लगानीमा निर्माण भएको यसको निर्माण यूनिटले जनाएको छ । नेपालसँगै सिंगापुर, नर्वे लगाएतका मुलुकमा पनि यो फिल्मको छायाँकन भएको छ ।

Facebook Comments