नेपाल र युएईबीच हुने सिरिजको ट्रफी सार्वजनिक, पहिलो खेल शुक्रबार
नेपाल र युएईबीच हुने क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ। युएईमा दुवै टोलीका कप्तानको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो। नेपाल र युएईबीच तीन एकदिवसीय र तीन टी–ट्वान्टी श्रृङ्खला हुँदैछन् ।
पहिलो एकदिवसीय खेल शुक्रबार नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि हुनेछ। प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ । प्रतियोगिताका लागि नेपाली टोली गत मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो ।
नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय खेल खेल्नेछ भने माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्नेछ । एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृंखला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्रा्ष्ट्रिय शृखंला हुनेछ ।
Facebook Comments

