सुनसरीको वराहक्षेत्रमा तारक ब्रम्ह महायज्ञ हुने

प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्रको चतराधाममा तारक ब्रम्ह महायज्ञ हुने भएको छ । पुर्वी नेपालको सुनसरी जिल्लामा पर्नेे ऐतिहासिक वराहक्षेत्रस्थित चतराधाममा ७०५ वर्षपछि नेपालमा पहिलो पटक महायोगी सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजको सत्सङ्कल्पमा श्री राम तारक ब्रम्ह महायज्ञ हुन लागेको हो ।

माघ २७ गतेबाट हुने उक्त महायज्ञको सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको जगत्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ सिद्ध महायोग ध्यान केन्द्र पोखराका अध्यक्ष भोला वरालले जानकारी दिनुभयो ।

सोही अवसरमा महायोगी सिद्धबाबा श्री वैष्णव कृष्णदासजी महाराजबाट दिक्षित साधक साधिकाहरुको करिब आठ करोडको लागतमा जगत्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ परिसर, वराहक्षेत्र धाममा निर्माण गरिएको सुबिधा सम्पन्न १ सय २६ कोठाको आवास गृहको समेत उद्घाटन गरिने भएको छ ।

उक्त आवासको क्षमता २५ सय रहेको छ । उक्त महायज्ञमा देश विदेशमा रहेका १२ सय साधक साधिकाहरुले एक अर्ब ६० करोडको मन्त्र जप अनुष्ठान गरिरहेको बताइएको छ ।

Facebook Comments