प्रधानमन्त्री विश्व आर्थिक मञ्चको बैठकमा भाग लिएर स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा भाग लिएर स्वदेश फर्कनुभएको छ । २१ जनवरी देखि २५ जनवरीसम्म स्वीट्जरल्याण्डमा आयोजित मञ्चको ४९ औं बैठकमा भाग लिएर प्रधानमन्त्री ओली स्वदेश फर्किनुभएको हो ।

प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थल पुगेर रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले स्वागत गर्नुभएको थियो । बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली गत आइतबार त्यसतफनेपालको उच्चस्तरीय भ्रमणटोलीका साथ त्यसतर्फ जानुभएको थियो ।

विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले भ्रमण अत्यन्तै फलदायी रहेको उल्लेख गर्नुभयो । व्यापार तथा व्यवासाय लगानी गर्न आह्वान गर्नुका साथै, वातावरण संरक्षण, सामाजिक आर्थिक विकासका पक्षमा आफ्ना धारणा राखिएको प्रधानमन्त्रीको भ्रमणपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बिश्व आर्थिक मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक स्थायित्व, सामाजिक आर्थिक विकासका लागि नेपालका प्राथमिकता लगायतका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सङ्गठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवद्र्धनमा योगदान पुग्ने समेत उल्लेख गर्नुभएको थियो ।परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले भ्रमणबारे प्रधानमन्त्रीले जारी गर्नुभएको विज्ञप्ति बाचन गरी सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो ।

Facebook Comments