पुरिएको माटो निकाल्न फेवातालमा डोजर
पोखरा महानगरले फेवातालमा आज डोजर चलाएको छ । फेवातालमा पुरिएको माटो निकाल्न महानगरले फेवातालमा डोजर चलाएको हो । सोमबारदेखि खहरेस्थित तालमा जमेको माटो हटाउन थालिएको हो ।

गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन शुरु भएको बताउनुभएको छ । प्रदेश सरकार र महानगरपालिकाको सहकार्यमा फेवाताल किनारमा थुप्रिएको माटो हटाउने कार्य शुरु भएपछि उहाँले यस्तो बताउनुभएको हो ।
करिब ४ रोपनी क्षेत्रफलमा रहेको माटो हटाउन लागिएको महानगरपालिकाका मेयर जिसीले जानकारी दिनुभयो । माटोलाई हल्लनचोक नजिकैको क्याम्पिङ चौरमा थुपार्ने र उचाई बढाउने योजनामा रहेको महानगरले जनाएको छ ।

गण्डकी प्रदेशकाका सोही क्षेत्रका सांसद राजीव पहारीले आफु निर्बाचित हुनासाथ सोही ठाउँ डोजर चलाउन खोजेपनि विभिन्न कारणले रोकीएको यियो ।अहिले आएर डोजर चलेकोमा पहारीले खुशी ब्यक्त गर्नुभयो ।

फेवातालबाट निकालिको माटो हल्लनचोक नकिजै रहेको क्याम्पिङ चोक थुपार्ने बताइएको छ । यसैविच महानगरका प्रशासकीय अधिकृत शेषनारायण पौडेलले आफ्नै खर्चमा माटो आबश्यक हुनेले लैजान सक्ने बताउनुभयो ।




