नेपालको शान्ति प्रक्रिय विश्वकै ऐतिहासिक : पुर्व प्रधानमन्त्री प्रचण्ड
पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै ऐतिहासिक भएको दावी गर्नुभएको छ । स्याङ्जाको वालिङमा बिहिबारदेखि शुरु भएको सातौँ वालिङ महोत्सवलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गर्नुभएको हो ।
प्रचण्डले धेरै लामो त्याग र तपस्यापछिको शान्ति प्रक्रियाले विश्वलाई चकित तुल्याएको दावी गर्नुभयो । उहाँले राजनितिक विवाद समाधान भईसकेकाले अव समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । गणतन्त्रात्मक संघियतालाई संस्थागत गरी विकास र समृद्धिमा सरकार प्रतिवद्ध रहेको पनि प्रचण्डले जिकीर गर्नुभयो ।
विकासमा सत्तापक्ष या प्रतिपक्ष नभनी एक भएर अगाडि बढ्नुपर्ने प्रचण्डको भनाइृ रहेको छ । उहाँले स्याङजाको आँधीखोला उच्च परियोजना निर्माणका लागी प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल गर्ने र छिटै डिपिआर तयार हुने आश्वासन दिनुभयो ।

त्यस्तै नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले जनताको चाहाना र गुनासाहरु सरकारले सुन्ने र सम्बोधन गर्ने बताउनुभएको छ । जनप्रतिनिधि, सरकार सबैको चिन्ता विकास निर्माण कसरी गर्ने र जनताको जीवनस्तर कसरी परिर्वतन गर्ने भन्ने रहेको मन्त्री अर्यालको भनाई थियो ।
महोत्सवलाई सम्बोधन गर्दै नेपाली कागे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले देश बनाउने जिम्मा सरकार एक्लैको मात्र नभएको बताउनुभएको छ । प्रतिपक्षीको रुपमा रहेको नेपाली काँग्रेसले सकारात्मक कामकालागि सरकारलाई साथ दिने उहाँको भनाई थियो ।

