विधेयक पारित भएपछि अनशनको औचित्य सकियो : मन्त्री बास्कोटा

सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा.गोविन्द केसीको अनसनको औचित्य समाप्त भएको बताउनुभएको छ । साथै उहाँले डा गोविन्द केसीको अनसन तोडाउने जिम्मा उहाँलाई ‘बोक्ने’हरूकै भएको बताउनुभयो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले डा. केसीको माग सम्बोधन भइसकेको दाबी गर्नुभएको हो । संसदको दुबै सदनले पास गरेपछि पनि अनसनको औचित्य समाप्त भएको उहाँको दाबी छ । माग पूरा भएको खुसीयालीमा अनसन छोड्ने, उक्साउनेले पनि त्यो काम छाड्नुपर्ने उहाँको दाबी छ ।

अस्पतालसम्बन्धी माग पूरा भइसके पनि पनि काँग्रेसले संसद अवरोध गरेको भन्दै उहाँले केही मान्छेको हठले संसदीय प्रक्रिया बन्धक बनाउन उपयुक्त नहुने तर्क गर्नुभयो । यसैवीच सरकारले सरकारले जीपी कोइराला र सुशील कोइरालाको नामबाट स्थापित अस्पताललाई संघकै मातहतमा राख्ने निर्णय गरेको छ ।

यस्तै नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङलाई मर्ज गर्ने निर्णय गरिएको छ मन्त्री बास्कोटाले जानकारी दिनुभयो । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्ने स्वीकृत गरेको छ ।

Facebook Comments