राजा वा सेना ल्याउने खेल सुरु भएको चित्रबहादुर केसीको दावी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ नेकपालाई फुटाएर देशमा राजा वा सेना ल्याउने खेल भइरहेको बताउनुभएको छ । नाम मात्रैको भएपनि कम्युनिष्ट सरकार बनेको प्रतिगामी शक्तिहरुलाई मन नपरेका भन्दै अध्यक्ष केसीले नेकपालाई फुटाउने प्रयास भइरहेको बताउनुभयो ।

शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष केसीले हिन्दु राष्ट्रको मुद्दा जोडतोडले उठ्नु, राप्रपाको एकता प्रयास, पूर्वराजा ज्ञानेन्द्रको बेलाबेलाका अभिव्यक्ति आदिले गणतन्त्रमाथि कालो बादल मडारिइएको दावी गर्नुभयो ।

भ्रष्टाचार, महंगी नियन्त्रण नहुनु, दलहरु भागवण्डा र नेताहरु आफ्नै सेवा सुविधा बढाउन लिप्त भएकाले जनतामा पनि संघीयताप्रति वितृष्णा बढेको केसीको तर्क छ । प्रदेश राख्ने नै भए एकात्मक प्रणाली अन्तरगत केन्द्रको मातहत राख्न सकिने केसीको भनाई थियो । प्रदेश सरकारका कारण विदेशी हस्तक्षेप झनै बढ्ने उहाँको दावी थियो ।

Facebook Comments