मेलम्ची खानेपानी आयोजना फेरी सीएमसीलाई !

सरकारले मेलम्ची खानेपानी आयोजनाबाट इटालियन कम्पनी सीएमसीसँगको ठेक्का तोडे पनि फेरि उसैलाई काममा फर्काउनका लागि छलफल सुरु गरेको छ ।

धरौटी जोगाउनका लागि सीएमसीसँग ठेक्का तोडे पनि नयाँ बोलपत्र आव्हान गरेर नयाँ कम्पनीलाई काममा लगाउदाँ बढी समय र पैसा खर्च हुने भन्दै सीएमसीलाई नै काममा फर्काउन सरकार लागिपरेको हो ।

मन्त्रालय र मेलम्ची विकास समितिले सिएमसीसँग नयाँ समझदारी गरेर काममा फर्काउन प्रयास जारी रहेको खानेपानी मन्त्रालयले जनाएको छ । गत शुक्रबार मेलम्ची विकास समितिले सीएमसी कम्पनिसँग ठेक्का सम्झौता तोडेको थियो ।

Facebook Comments