विजनेश शुभारम्भ गर्दै अनलाईन साइट बाटोद्वारा बृद्धाश्रममा सहयोग
‘युवाहरुमा व्यवसाय र समाज प्रति लगाव’ भन्ने मुल आशयलाई आत्मसाथ गर्दै अनलाईन विजनेस साईट बाटो डट कमले उद्घाटनको अवसरमा पोखरा–१७ सीतापाइलामा रहेको पोखरा वृद्धाआश्रममा सहयोग गरेको छ । साइटबाटोले आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई खाद्यन्न एवं आर्थिक सहयोग गरेको हो ।
बिशेष गरेर आफ्नो व्यवसायलाई आमाबुबाको आर्शिवादबाट संचालन गर्ने उद्देश्य सहित यस कार्यक्रमको आयोजना गरिएको बाटो डट कम डट एन पि का डाईरेक्टर रमेश पौडेलले जानकारी दिनुभयो । यस कम्पनीले सामाजिक दायित्व बहन गर्दै र भविष्यमा समेत समाजसेवा र व्यवसायलाई सँगै लाने सोच लिएर कार्यको थालनी गरिएको पौडेलको भनाई थियो ।
पोखरा वृद्धाआश्रमका संस्थापक अध्यक्ष कुशुम केशव पराजुलीले युवाहरुको नयाँ प्रविधिमुलक काम प्रति खुसी प्रकट व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै बाटो डट कमका संस्थापक अध्यक्ष संसार बरालले विश्व प्रविधिको माध्यमबाट निकै अगाडी बढेको अवस्थामा हामी युवाहरु मिलेर व्यवसाय सँगै समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
संस्थाले विक्री गरिएका हरेक सामानबाट एक रुपैँया बालबालिका कोषमा हस्तान्तरण गर्ने जनाएको छ । उक्त संस्था एक अनलाईन विजनेस साईट हो । जसमा घरमै बसी बसी फेन्सी, ऐक्सेसरीज, मोवाईल लगायतका सम्पुर्ण सामानहरु अनलाइनको माध्यमबाट अर्डर गर्न सकिने छ ।

