पोखरामा हुने क्यान इन्फोटेक–२०१९ तयारी तीब्र

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीको आयोजनामा हुने क्यान इन्फोटेकको तयारी तीव्र पारिएको छ । क्यान कास्की शाखाको आयोजनामा फागुन १८ देखि २४ गतेसम्म हुने ‘भायानेट क्यान इन्फोटेक–२०१९ इन एसोसिएसन विथ आइ.एम.ई पे’मा राखिने स्टलमध्ये ७५ प्रतिशत बुकिङ भएको आयोजकले जानकारी दिएको छ ।

स्टल बुकिङ हुने क्रम जारी रहेको स्टल व्यवस्थापन उपसमिति संयोजक तीर्थराज सुवेदीले जानकारी दिनुभयो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकको तयारीलाई तीव्र बनाइएको क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो । सूचना तथा प्रविधि क्षेत्रमा भित्रिएका नवीनतम प्रविधि इन्फोटेकमा समावेश गरिने आयोजकको भनाई रहेको छ ।

इन्फोटेकसँगै सिटी रेवान पोखराको आयोजनामा सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल पनि हुने क्यान कास्कीका सचिव तथा प्रचारप्रसार संयोजक विकास भुर्तेलले जानकारी दिनुभयो ।

इन्फोटेकको मुख्य प्रायोजन भायानेटले गरेको छ । इन एसोसिएसन विथमा आइ.एम.ई पे, सपोेर्टेड बाइमा कंगारु एजुकेसन, इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स, आइटी सेक्युरिटी पार्टनरमा टिपी लिंक टे«डर्स लगायतले साथ दिएका छन् ।

Facebook Comments