पोखरा म्याराथनमा ५ हजार बढी सहभागी हुने आयोजकको दावी

फागुन ७ गते आयोजना हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” मा ५ हजार पोखरेलीले भाग लिने आयोजकले जनाएको छ । भूतपूर्व खेलाडी मंचका आयोजनामा हुने प्रतियोगितामा ५ हजार बढीले भाग लिने आयोजकले दावी गरेको हो ।

शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा मंचका अध्यक्ष तेज गुरुङले म्याराथनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । उहाँले संस्करणहरु भन्दा यस पटक सबैमा निकै उत्साह आउने गरि कार्यक्रम अगाडी वढेको बताउनुभयो ।

७ गते विहान ६ः३० वजे हुरु पोखरा रंगशालामा गिनिज वुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल १३ औं पटकका सगरमाथा आरोही तेन्जिङ शेर्पा र माउन्ट किनाबुलु मलेशियामा १९९१, १९९२ र १९९३ मा किर्तिमानधारी अन्तर्राष्ट्रिय धावक ले.कुशाङ गुरुङको उपस्थिती रहने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
त्यसै गरि नायिका तथा सगरमाथा आरोही रोजिता व्ुद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, व्रेष्ट क्यान्सर विरुद्धकी अभियान्ता एवम पूर्व भलिबलका राष्ट्रिय खेलाडी मञ्जु गुरुङ, बोष्टनका याम पौडेल, पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङ समेत सहभागिताका लागि पोखरा आइसकेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगिता सफल पार्न पोखरेली मञ्च युकेबाट ७ लाख ५० हजारको चेक पोखरेली मञ्चका तर्फ बाट अध्यक्ष मान प्रसाद गुरुङले अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गर्नुभएको छ । त्यसै गरि अमेरिका स्थित बोष्टन र न्यू ह्याम्पशायरलाई आफ्नो कर्म क्षेत्र बनाएर बस्दै आएका नेपालीहरुले ३ लाख रुपैया सहयोग रकम याम पौडेलले अध्यक्ष गुरुङलाई हस्तान्तरण गर्नुभयो । यस्तै हङकङबासी नेपालीहरुबाट ५ लाख ४७ हजार सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका वडा नं ५ का तर्फ वडाका अध्यक्ष एवम महानगरका प्रवक्ता धन बहादुर नेपालीले २५ हजार प्रदान गर्ने घोषणा गर्नुभयो । सो अबसरमा बोल्दै पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङले पोखरा म्याराथनमा सहभागिता जनाउन पाउन्ु सबैको गौरबको विषय भएको बताउनुभयो । वोष्टनका याम पौडेलले अमेरिकाबाट नेपालका अन्य क्षेत्रमा सहयोग गरिरहेको भए पनि पहिलो पटक खेलकुदको क्षेत्रमा सहयोगका हात अगाडी बढाउन पाउँदा निकै खुसीको अनुभुती भएको धारणा व्यक्त गर्नुभयो ।
ब्रेष्ट क्यान्सर विरुद्धकी अभियन्ता एवम पूर्व भलिबलकी राष्ट्रिय खेलाडी मञ्जु गुरुङले दुइ दशक पछि खेलकुदका लागि आफ्नो मातृभूमी टेक्न पाउँदा गर्व लागेको बताउनुभयो । उक्त प्रतियोगिताको अवसरमा हालसम्म २८ लाख रुपैया स्वदेश तथा विदेशबाट संकलन भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताका लागि करिब २३ लाख खर्च लाग्ने आयोजकले जनाएके छ ।
गण्डकी प्रदेश सरकारले उक्त प्रतियोगितालाई सफल पार्न २ लाख रुपैया आर्थिक सहयोग गरेको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङ उक्त प्रतियोगिताका प्रमुख संरक्षकमा र संरक्षकमा भने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी रहनुभएके छ ।

प्रतियोगितालाई सफल पार्न २६ वटा उपसमिति बनाएर तयारी तीव्र पारेको जनाउदै हालसम्म ३ सय ५७ वटा संघ संस्थासंग समन्वय गरी अघि बढेकाले थप उत्साहित भएको आयोजकले जनाएके छ ।

तस्विर सुदर्शन रञ्जित

Facebook Comments