दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन उपराष्ट्रपति पुनको अपिल

उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सबै पक्षलाई अपिल गर्नुभएको छ । उपराष्ट्रपति पुनले ६९ औं प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै फागुन ७ ऐतिहासिक र अविस्वरणीय दिन भएको उल्लेख गर्दै यस्तो अपिल गर्नुभएको हो ।

उपराष्ट्रपतिको सन्देशमा ‘नेपाली जनताले ऐतिहासिक जनआन्दोलनबाट निरंकुश जहानियाँ राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ गते गौरवपूर्ण र अविस्मरणीय दिन हो ।’ भनिएको छ । सन्देशमा मार्फत् उहाँले प्रजातन्त्र प्राप्तीका लागि २००७ सालको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् वीर वीरंगनाहरुलाई स्मरण गर्दै श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

राजनीतिक संघर्षपछि हाल गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता विभिन्न कालखण्डका संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धीहरुमा नेपाली जनताका राजनीतिक, सामाजिक अधिकार प्राप्त भएको पनि सन्देशमा उल्लेख गरिएको छ ।

Facebook Comments