अष्ट्रियाका विदेश मामिला मन्त्री करिन केनिसिल काठमाडौँमा
अष्ट्रियाका विदेश मामिला मन्त्री करिन केनिसिल आज काठमाडौँ आउनु भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा केनिसिल नेपाल आउनु भएको हो । नेपाल भ्रमणका क्रममा करिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्रीसहितको टोलीले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।
यसका साथै विदेश मन्त्री करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौँमा आयोजना गर्ने नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रमलाई सम्बोधन गर्ने जनाइएको छ । विदेशमन्त्री करिनले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अस्ट्रियाले नेपालको जलविद्युत् विकास, संस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा पर्यटन जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ । विदेशमन्त्री करिनको टोली यही फागुन ११ मा मा स्वदेश फर्किनेछ ।

