वतर्मान सरकार हरेक क्षेत्रमा असफल : काँग्रेस सभापति देउवा
नेपाली काँग्रेसका सभापति तथा पुर्वप्रधानमन्त्री शेरवहादुर देउवाले वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको र सरकार सञ्चालनमा अलोकतान्त्रिक चरित्र देखाएको बताउनुभएको छ । सरकारले जनतामा चिप्ला र ठूला कुरा गरेपनि हरेक क्षेत्रमा बेथिति बढिरहेको देउवाको भनाई थियो ।
प्रेस युनियन कास्कीको नवौं जिल्ला अधिवेशन कार्यक्रमका प्रमुख अतिथि देउवाले प्रधानमन्त्री केपी शर्माओलीको नेतृत्वमा रहेको सरकार हरेक क्षेत्रमा असफल र लोकतन्त्रप्रति असहष्णिु बनेको आरोप लगाउनुभयो ।
वर्तमान सरकारले प्रेसलाई हस्तक्षेप गर्ने खालको विधेयक संसदमा ल्याएको भन्दै पत्रकारितालाई स्वतन्त्र रुपमा छाड्नुपर्ने उहाँको भनाई थियो । वर्तमान सरकारले विभिन्न वहानामा प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन सुरु गरेको उनको भनाई थियो ।
लोकतन्त्र स्थापनामा प्रेसको भूमिका महत्वपूर्ण रहेका छ, लोकतन्त्रमा प्रेस स्वतन्त्र हुन्छ, काँग्रेस सधै प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छ, नेता देउवाले भने—प्रेस र लोकतन्त्रवादी शक्तिहरु वर्तमान अवस्थामा पनि अधिकारका लागि एक हुनु पर्ने बताउनुभयो ।
संविधान विपरित चल्न थालेपछि लाकेतन्त्रको पक्षमा आम जनता लड्नु पर्ने बेला आउन सक्ने देउवाको भनाई छ । सोही अवसरमा विभिन्न क्षेत्रबाट पत्रकारिता क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

