बुढीगण्डकी परियोजना अगाडि बढ्छ : नेकपा अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड) ले बुढी गण्डकी परियोजना दु्रत गतिमा अगाडि बढ्ने बताउनुभएको छ । जिल्लाको गण्डकी गाउँपालिका स्थित वडा नंं ७ को नव निर्मित भवन उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बुढीगण्डकी परियोजना अगाडि बढाउनै पर्ने बताउनुभयो ।

उहाँले आफू प्रधानमन्त्री भएको बेलामा बुढीगण्डकी परियोजना अगाडि बढाउनै पर्छ भनेर चिनियाँ कम्पनीसँग एमओयु हस्ताक्षर गरेर अगाडि बढाउन थालिएको र डुवानमा पर्ने र विस्थापित हुने किसानहरुलाई मुआब्जा वितरणको काम शुरु भएको स्मरण गर्नुभयो । उहाँले सरकार फेरिने वित्तिकै बुढी गण्डकी परियोजना पनि के हुने हो भने जस्तो पनि भएपनि वर्तमान सरकारले बुढीगण्डकी परियोजना अगाडि बढाउने प्रकृयामा लगेको प्रचण्डको भनाई थियो ।

गोरखा र धादिङ जिल्लाका महत्वपूर्ण व्यापारीक क्षेत्रका मुअब्जा निर्धारण गरेर वितरण गर्न बाँकी रहेको र त्यसको छिट्टै मुअब्जा निर्धारण गरी जनअपेक्षा अनुसारको काम गरी परियोजना अगाडि बढाईने र सो क्षेत्रका स्थानीयलाई उचित लाग्ने मुआब्जाको प्रबन्ध गरिने पनि प्रचण्डले बताउनुभयो । बुढीगण्डकी परियोजना बहुआयमिक परियोजना भएकाले यसलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने प्रचण्डको भनाई थियो ।

शहीद तथा बेपत्ता परिवारजन सम्मानित

यसैवीच गोर्खामा शहीद तथा बेपत्ता परिवारजनहरुलाई दोसल्ला ओडाएर अध्यक्ष प्रचण्डले सम्मान गरिएको छ । कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देश नयाँ गतिबाट अगाडि बढेको बताए । कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नं. १ का सभासद हरीराज अधिकारी, गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना, वडा नं. ८ वडा अ रामप्रसाद रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम वडा नं. ७ का वडा अध्यक्ष तुलसी रेग्मीको अध्यक्षतामा भएको थियो । यसअघि अध्यक्ष प्रचण्डले आजै जनयुद्धका पहिलो शहीद दिल बहादुर रम्तेलको स्मृति दिवसको अवसर पारेर शहिद स्मृति पार्क र बारपाक सुलिकोट गाउँपालिकाको भवन शिलान्यस समेत गर्नुभयो ।

Facebook Comments