दैशैभरको मौषममा बदलाव, पोखरामा बर्षा
आज देशैभर मौषममा सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । देशको पश्चिमी भुभागका अधिकांश स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने विभागले जारी गरेको मौषम पूर्वानुमानमा उल्लेख छ ।
विभागले मध्य र पुर्वका अधिकांश स्थानहरुमा हल्का वर्षाको संभावना रहेको पनि उल्लेख गरेको छ । यसका साथै देशका उच्च हिमाली भु–भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना विभागले जनाएको छ ।
विहीबार भने दिउँसो पूर्वि तथा मध्य भु(भाग लगायत पश्चिमि पहाडि भु–भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भु–भागमा आंसिक बदली रहने देखिन्छ । देशको पुर्वि भु–भाग, मध्य र पश्चिमका पहाडि भु–भागका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको विभागको बुलेटिनमा उल्लेख गरिएको छ ।
पोखरा र आसपासका क्षेत्रमा मंगलबार साँझदेखि नै हल्का बर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हल्का हिमपात भइरहेको छ । बर्षात्का कारण चिसो बढेको छ । शुत्रकारबाट भने मौषममा सुधार हुने बताइएको छ ।

