दुःखद खबरः ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना भएको छ । पर्यटनमन्त्ती रविन्द्र अधिकारी सहित ६ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले जानकारी दिनुभयो ।
मन्त्री सहितको टोली पाथिभारा मन्दिर दर्शन गरी चुहानडाँडा एअरपोर्ट निरीक्षणका लागि ताप्लेजुङ गएको बुझिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकोप्टरमा क्याप्टेन प्रभाकर केसी रहेको बताइएकाे छ ।
हेलिकोप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार रहेको बुझिएको छ । घटनाबारे बुझ्न ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको टोली घटनास्थलतर्फ गएको बताइएको छ । घटनास्थलमा हिउँ परेकाले उद्दार टोली पुग्नमा कठिनाई भएको छ ।
दुर्घटनामा ७ जनाकाे मृत्यु
दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सहित उक्त हेलिकाेप्टरमा सबार ७ जनाको मृत्यु भएको छ ।
नागरिक उड्ययन प्राधिकरणले मृत्यु हुनेमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी मन्त्री, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरण उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्रीका स्वीकय सचिव युवराज दाहाल, नेपाल नागरिक उड्न प्राधिकरणका धुब्रदास भोछिभया र हेलिकाेप्टर क्याप्टेन प्रभाकर केसी रहेको पुष्टी गरेको छ ।
स्थानीय, स्वास्थ्यकर्मी र प्रहरीको टोली घटनास्थलमा उद्दारका लागि पुगेको छ । हेलिकोप्टर पूर्ण रुपमा जलेको सवहरु पनि क्षतविक्षत रहेको स्थानीय उमानाथ पाैडेलले जानकारी दिनुभयाे। गृहमन्त्रालयले पत्रकार सम्मेलन गरी दुर्घटनाकाे पुष्टी गरेकाे छ । साथै मन्त्रालयले हेलिकाेप्टरमा सवार सवैकाे निधन भएकाे पनि जानकारी दिएकाे छ ।

