हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन
सरकारले ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनाका बारेमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्य समिति गठन गरेको हो ।
छानबिन समितिका सदस्यमा सेनाका सहायकरथी दीपक बास्तोला, पूर्वमहासेनानी क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहचिव बुद्धिसागर लामिछाने रहनुभएको छ । साथै बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार दिउँसो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारसहित सात जनाको घटनास्थलमै मृत्यु भएको हो ।
Facebook Comments

